निलिषा र समीर पोखरा चाइल्ड स्टार

पोखरा । पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु सेन, सेकेण्ड रनरअप नज्योसा सिंह ठकुरी, थर्ड रनरअप शिरीषा पौडेल, फोर्थ रनरअप स्वेच्छा क्षत्री भए । केटातर्फ फस्ट रनरअप जोनाथान बाबु लम्साल भए । सेकेन्ड रनरअप इभान रावत र थर्ड रनरअप कृशव सुवेदी बने ।

नन्द इन्टरटेनमेन्ट हाउसले आयोजना गरेको इभेन्टमा १४ जनाले भाग लिएकोमा फाइनलमा ९ जना पुगेका थिए ।

कार्यक्रममा चाइल्ड स्टार सिजन–१ विजेता विल्सन ठकुरीको म्यूजिक भिडियो लोकार्पण गरियो । साथै, साहित्य सम्राट तथा अलौकिक कवि देशभक्त कुँवर, संकेत अगस्ती र गायक विश्वराज न्यौपानेलाई सम्मान गरियो ।

निर्णायक मण्डलको प्रमुख डा. जग्गनाथ रेग्मी थिए । अन्य निर्णायकमा मोडल विराज बास्कोटा, मोडेल तथा गायिका एलिना थपलिया, समाजसेवी तथा शिक्षिका जमुना गिरी थिए भने । निर्णायक व्यवस्थापनमा प्राडा यमबहादुर पौडेल क्षत्री थिए ।

विजेतालाई एसएसपी शारदाप्रसाद चौधरीबाट अवार्ड, ताज तथा प्रमाणपत्र वितरण गरिएको थियो । पूजा शर्मा र रोहन गुरुङको कोरियोग्राफी रहेको कार्यक्रमको संचालन सुमी पुरी र देवेन्द्र शाहीले गरे भने स्वागत सोनी पुरीले गरिन् । समापन आइक्यास पोखराका प्रबन्ध निर्देशक समीर थापाले गरेका थिए ।

The post निलिषा र समीर पोखरा चाइल्ड स्टार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95620/