नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले ऋणपत्रको बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका दुई पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङ तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/04/nepal-sbi-bank-49.html



Related Posts