नेपाली सवारीसाधनलाई प्रोत्साहित गर्नुपर्छ: मधेश प्रदेश मुख्यमन्त्री यादव

बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली सवारीसाधनलाई प्रोत्साहित गर्नुपर्ने बताए । शुक्रबार सिमरामा आयोजना गरिएको तराई यातायात व्यवसायी संघको सत्रौँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले नेपाली सवारीसाधनमा जोड दिनुपर्ने बताए ।

आउँदो आर्थिक वर्षको साउनदेखि यातायात नव्यवसायीहरुका लागि पथलैयाबाट पनि रुटपर्मिटको व्यवस्था हुने मुख्यमन्त्रीले बताए ।

मुख्यमन्त्री यादवले यातायात ब्यवसायीका सतप्रतिशत समस्या समाधान गर्न आफू तयार रहेको बताए । यातायात व्यवसायीसँग समन्वय गरी कानुन बनाउन पहल गर्ने बताएका छन् । सवारी नविकरण, सवारी जाँच, कर दाखिला क्रममा सेवाग्राहीले भोग्दै आएको समस्या समाधान गरिने उनले बताए ।

तराई यातायात व्यवसायीको कार्यक्रमको सम्बोधन गर्दै संघीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले यातायात सम्बन्धी कानुन प्रदेशमा पुर्णता नपाएकोले संघीय कानुनमै परिमार्ज गर्नुपर्ने विषयमा संसदमा कुरा उठाउने बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठका अनुसार दोब्बर दाममा बैकबाट ऋण लिएर सवारी साधनमा लगानी बालुवामा पानी झै भएको बताए । नेपालमा आयत निर्यातको लागि भारतिय सवारीसाधनको प्रयोगमा जिल्ला ट्राफिकको मिलोमतोले पनि व्यवसायी समस्या भोग्दै आएको श्रेष्ठले बताए क

कार्यक्रममा तराई यातायात ब्यवसायी संघ सिमरा बाराका अध्यक्ष ओमकृष्ण कार्कीले प्रतिवेदन प्रस्तुत गर्दै यातायात व्यवसायी सरकारको गैर जिम्मेवारीपनको सिकार भएको बताए । देशमा भारतिय सवारीसाधन निर्वाध रूपमा संचालन भएपनि सम्बन्धित निकायको मौनताले नेपाली व्यवसायी धरापमा परेको उनले बताए ।

सवारीसाधन सञ्चालनमा ल्याए पनि प्रहरी प्रशासनबाटै दुख पाउने गरेको दुखेसो पोखे । सडकमा गुडिरहेको भारतिय सवारीसाधनबाट रकम असुली गरिरहेकोले नै नेपाली व्यवसायीलाई दुख दिने गरेको उनले बताए ।

व्यवसायीलाई सहज वतावरण बनाइदिए मात्र काम गर्न सक्ने कार्कीले बताए । देशको अर्थतन्त्रमा पनि ठुलो असर गरिरहेको उनले बताए । नेपालमा ढुवानीको नाममा भारतिय सवारीसाधन प्रयोग गरेकोले भाडा पनि तेस्रो मुलुक निर्यात हुने गरेको कार्कीले बताए ।

कार्यक्रममा संघीय सांसद अच्युत मैनाली, मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, नेपाल ट्रक यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेपाली काँग्रेस सहमहामन्त्री फरमुल्लाह मंसर, निवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाईं, मन्जु थापा मगर, प्रमुख जिल्ला शषिधर घिमिरे, प्रहरी प्रमुख महेन्द्र खडका, सशस्त्र प्रहरी उपरीक्षक संतोष सिह, ट्राफिक प्रमुख भिमकिरण बोगटी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा तराई यातायातमा आवद्ध देशैभरीका प्रतिनिधिहरुको उपस्थितिमा प्रकाश लम्साल लगायतकालाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सुनिल गाउँलले गरेका थिए ।

The post नेपाली सवारीसाधनलाई प्रोत्साहित गर्नुपर्छ: मधेश प्रदेश मुख्यमन्त्री यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95183/