पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

काठमाडौँ । पठाओ नेपालले कार प्लस सुविधा सुरु गरेको छ । ५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरु गरेको हो ।

कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो । पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर ल्याएको हो । नयाँ फिचर कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ ।

कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसी सहित फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका  प्रबन्ध निर्देशक असिममान सिंह बस्नेयतले  जानकारी दिएका छन् ।

यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागू गरिएको र बाँकी सहरहरूमा समय अनुकुल विस्तार गरिने बस्नेयतको भनाइ छ ।

Source : https://arthasarokar.com/2024/05/pathaoo-2.html