परियारले गरिन् बुवाआमाको सोर्‍ह श्राद्ध

चितवन । टिनको एकतले छानोको घर पछाडी दुना टपरीलगायतका सामाग्रीले भरिएको भूई, जहाँ गोबरले सुन्दर पारेर लिपिएको थियो । पहेला र सेता फूललगायतका सामाग्रीको बीचमा देखिइन् संविधानसभा सदस्य विष्णुमाया परियार ।

त्यहाँ थिए दाउरा सुरुवाल, शिरमा ढाका टोपी लगाएका पन्डित भरत परियार । उनको हातमा पुस्तक थियो । उनले किताब हेदै सभ्य, असभ्य भन्दै सुझाएका थिए । यो दृश्य हो श्राद्ध कर्मको र यो कर्म गरेकी थिइन् । संविधानसभा सदस्य विष्णुमाया परियारले ।

भरतपुर–१९ शारदानगरस्थित आफ्नै निवासमा पन्डित परियालाई श्राद्ध कर्मका लागि निमन्त्रणा गरेर बुबा आमा सो¥ह श्राद्ध अन्तरगतको श्राद्ध कर्म आज गरेकी हुन् । उनको बुबा मंगल सिंह परियारको २०३३ जेठमा मा निधन भएको थियो ।

बुबा कुन तिथीमा निधन भयो, उनलाई खासै थाहा छैन रहिछ । बुबाको तिथी थाहा नभएकोले सोर्ह श्राद्धको अन्तिम तिथी औसीमा उनले बुबाको श्राद्ध गर्ने गरेकी हुन् । उनको आमा सुवर्ण परियारको भने २०६३ साउन २० गते निधन भएको थियो ।

उनले आमाको भने तिथीमा पनि श्राद्ध गर्ने गरेकी छिन् । गएको साउन ३१ गते उनको आमाको तिथी परेको थियो । सोही तिथीमा उनले आमाको पनि तिथी श्राद्ध गरेकी थिइन् । आमाको निधन भएदेखि नै उनले आमाको तिथी श्राद्ध गदै र सोर्ह श्राद्ध गर्दै आइरहेकी हुन् । काठमाडौमा बस्दा पशुपतिमा गएर उनले श्राद्ध गर्ने गरेको बताइन् ।

उनले बुबाआमाको सोर्ह श्राद्धका लागि नेपालको उतर गया भनेर चिनिने गोकर्णमा गएर पनि श्राद्ध गरेको बताइन । हुनत उनले आफ्नो आमा सुर्वण परियारको काजकिरिया पनि आफैले गरेकी थिइन् । आमाको निधनका बेला उनका दाजु भाइ कोही साथमा थिएनन् । दाजुभाइ २ जना भए पनि दुवै विदेश थिए ।

उनी आफैले आमाको अन्तिम संस्कार पनि गरिन् । चितवनको भरतपुर १६ स्थित शिवघाटमा उनको आमाको अन्त्यष्टि गरिएको थियो । उनले आमालाई काँध हाल्दै अन्त्यष्टि कर्म गरेकी थिइन् ।

उनका अनुसार दाजु भारतमा नै बस्नुहुन्थ्यो सो बेला । दाजुले भारतमा काजकिरिया गर्नुभयो । भाइ भने पछि ६ दिनको दिन आएर मिसियो ।

त्यतिखेर उनले पनि आमाको काजकिरियाका विषयमा धेरै खाले विवाद खेप्नुपर्यो उनी अविवाहित हुन् । र आमाको पालन पोषण उनले नै गर्दै आएकी पनि थिइन् । समाजका मुल्य मान्यता ठिक र बेठीक’bout आफैले निर्णय लिन र दिन सक्ने अवस्था कि थिइन् ।

उनी त्यसबखत चितवन जिल्लाको दलित संघको अध्यक्ष समेत भइसकेकी थिइन् । सानोबाट नै नेपाली कांग्रेसको राजनीतिमा होमीदै परिवर्तनको वाहकका रुपमा उनले कार्य गदैे आएकी थिइन्् । सन्तान छोरा हुन् या छोरी बुबा आमाको पालनपोषण लगायतको अधिकार बराबर हुनुपर्ने उनलाई लाग्थ्यो । जसको व्यवारीक प्रयोग आमाको लालनपालन सगै काजकिरिया गरेर उनले देखाइन् पनि ।

त्यसैले समाजका अनेक थरी भनाईका बाबजुद पनि उनले आमाको काजकिरिया आफैले गरिन् । उनका विवाहित दुई दिदीहरुले भने ठाडो किरिया गरे ।

आफ्ना पितृको श्राद छोराले मात्र्र गर्नु पर्दछ भन्ने हाम्रो पुरानो सोचलाई हरेक वर्ष चिरर्दै आएकी छिन, संविधान सदस्य विष्णु माया परियारले ।

आमाको स्वर्गारोहणपछि आफुले नै आमाको आफ्नो काजक्रिया गर्दा आफनो परिवार र समाजबाट नै विवादित हुनु परेको नमीठो याद उनीसँग पनि छ । आमाको मृत्युपछि हरेक वर्ष हिन्दु धर्म अनुसार तिथीमा नै आफ्नो आमाबुबाको श्राद कर्म गर्दै आएकी छिन् उनले ।

राष्ट्रिय दलित आयोगको सदस्य पनि भएकी थिइन् । सो बेला र संविधान सदस्य भएको बेला उनको लामो बसाई राजधानीमा नै भएको थियो । सो क्रममा ् पशुपति क्षेत्र गोकर्णधाममा गएर गएर श्राद गर्ने गरेकी हुन् । विगत केहि वर्ष यता भने चितवन स्थित आफ्नो घरमा पुरोहित बोलाएर आमाको श्राद गदै आएकी छिन् ।

उनी संविधानसभा सदस्य भएको बेला २०७१ सालमा काठमाडौको पशुपतिनाथमा आमाको तिथी श्राद्ध गरेकी थिइन् । सो बेला श्राद्ध गर्न जादा उनले पन्डितहरुको बिच महिलाबाट श्राद्ध गराउने की नगराउने भन्ने छलफल नै चल्यो । । सो क्रममा कुनै पन्डितले एक जना छोरीमान्छे आमाको किरिया गर्न आउनु भएको छ, ।के गर्ने गुरु भन्दै अन्य पन्डितलाई साधेको पल सम्झिन्छन् । त्यसबखत उनले आफु परियारको छोरी र संविधानसभा सदस्य पनि भएको समेत बताइन् ।

त्यसपछि पन्डिण्तहरुले केहिसमय छलफल पनि गरे । पछि आमाको श्राद्ध गर्न पाएको उनको बिगत ताजै आज पनि उनीसँग । उनी काठमाडौमा बस्दा तीर्थ श्राद्ध अन्तरगत जौको पिन्ड दिने गरेकी थिइन् । अहिले घरमा बस्दा भने खिरको नै पिन्ड दिने गछिन् । आमा दिवंगत भएदेखि नै उनले श्राद्ध गर्न थालेकी हुन् ।

उनले भनिन् ‘बुबा स्वर्ग हुँदा त सानै पनि थिए, काजकिरिया गर्नुपर्छ भन्ने ज्ञान पनि थिएन । आमा बित्दा त मैले नै निर्णय गर्ने अवस्थाकी थिई । आमाको ईच्छा पनि थियो । मैले नै आमाको काँध थापे, अन्तिम सस्कार गरे र श्राद्ध पनि गदै आएको छु ।’

उनले श्राद्ध गर्ने दिन भन्दा अघि १ छाक खाएर एकछाकी पनि बस्ने गरेको बताउँछिन् । त्यसो त सोर्ह श्राद्ध को बेला भने १५ दिन नै चोखो खाएर, शुद्ध भएर बस्ने गरेको उनको भनाई छ ।

वैदिक सनातनीहरुका अनुसार भगवानको पूजा अर्चना गरेर खुसी बनाउनु भन्दा पहिले आफ्ना पितृहरुलाई खुसी बनाउन सके उनीहरुको आर्शिवाद लाग्छ भन्ने मान्यता रहेको छ । ।श्राद्ध हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई भनिन्छ । धार्मिक मान्यता अनुसार यदि पितृ रिसाए भने मानिसहरुलाई जीवनमा धेरै प्रकारका दुःख कष्टको सामना गर्नुपर्दछ ।

युवा पन्डित एवं भागवत वाचक परसुराम पान्डेका अनुसार दिवंगत आफ्ना बुबाआमा ,हजुरबुबाहरुको सम्झनामा सन्तानले श्रद्धा र भक्ति पूर्वक कर्मलाई श्राद्ध भन्ने गरिन्छ । श्राद्धका प्रकारहरु विभिन्न रहेका छन् । वर्षदिनमा एकपटक पितृको मृत्यु भएको तिथिमा र पितृपक्षमा सोरह् श्राद्ध गरिने गरिन्छ ।

आफ्ना बुबाआमाको मृत्यु भएको तिथिमा गरिने श्राद्धलार्य एकोद्दिष्ट श्राद्ध भनिन्छ । त्यस्तै आफ्ना पितृ जसको मृत्यु औँसीमा, पूर्णिमामा र पितृ पक्षमा भएको हुन्छ उनीहरुको सम्झनामा गरिने श्राद्धलाई एकपार्वण श्राद्ध भनिन्छ यो पनि वर्षमा एकपटक गरिन्छ । पार्वण श्राद्ध वा सोह्र श्राद्ध जसलाई महालय श्राद्ध पनि भनिने गरिन्छ ।

यो श्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि सुरु गरी आश्विन शुक्ल प्रतिपदा सम्मका १६ दिनसम्म गरिने गरिन्छ । यो श्राद्धमा आफ्ना दिंवगत पितृहरु सबैलाई सम्झने गरिन्छ । अन्य श्राद्धहरुमा विवाह वा व्रतबन्ध वा यस्तै मांगलिक कार्यभन्दा पहिला गरिने श्राद्ध लाई आभ्युदयिक श्राद्ध भन्ने गरिन्छ । यीसँगै तीर्थ श्राद्ध, काम्य श्राद्ध, गुठी श्राद्धहरु पनि गर्ने गरिन्छ ।

The post परियारले गरिन् बुवाआमाको सोर्‍ह श्राद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101700/