पसाउन लागेको धान सुक्न थालेपछि पाल्पाको रामपुरका किसान चिन्तित
पाल्पा – रामपुरमा पसाउन लागेको धान सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि किसान चिन्तित भएका छन् । रामपुर नगरपालिका–६ की निरमाया पङ्गेनीले तीन रोपनी जग्गामा लगाएको सावित्री जातको धानमा समस्या देखिएको गुनासो गर्नुभयो । अघिल्लो महिना अन्तिम हप्तादेखि नै धानबालीमा समस्या देखिन शुरु भएको थियो । हर्दिनाथ जातको धानमा भने समस्या नरहेको उहाँको भनाइ छ । बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरेको तर विषादीले पनि काम नगरेको किसानको गुनासो छ । अहिले धान पहेँलिएर पुरै सुक...
Source : https://ujyaaloonline.com/story/107647/2024/10/10/farmers-palpa-rampur-worried