पाकिस्तानमा वन क्षेत्र बढाउन र प्रदूषण रोक्न वृक्षरोपण अभियान शुरु

दक्षिण एसियाली देशमा वन क्षेत्र बढाउने र प्रदूषण नियन्त्रण गर्ने प्रयास अनुरुप पाकिस्तानले विभिन्न जिल्लामा वृक्षरोपण अभियान शुरु गरेको छ । ‘प्लान्ट फर पाकिस्तान’ अभियान अन्तर्गत रुख रोप्नका लागि छुट्याइएको जग्गाको पुनःस्थापना, वृक्षरोपण प्रवर्धन , जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधताको संरक्षण गरिने त्यहाँको जलवायु परिवर्तन तथा वातावरण समन्वय मन्त्रालयले जनाएको छ । यो अभियान सन् २०२६ सम्म जारी रहने र यसको दायरा अन्य जिल्लामा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ । वृक्षरोपण अभियानलाई प्रदेश सरकार,...

Source : https://ujyaaloonline.com/story/101541/2024/5/8/plantation-campaign-started-in-pakistan