पाकिस्तानसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको 'क्लिन स्वीप'
काठमाण्डाै – पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले शृङ्खला 'क्लिन स्वीप' गरेको हो । पाकिस्तानले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेट गुमाएर ५२ बलअघि नै भेटायो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा नटआउट ६१ रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदी, जेहन्दाद खान र अब्बास अफ्रिदीले १/१ विकेट लिए । यो खेलमा जेहन्दादले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु...
Source : https://ujyaaloonline.com/story/108977/2024/11/18/australia-clean-sweep-t-20-series-with-pakistan