पाण्डेको नयाँ लोकदोहोरी गीत ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक

दैलेख । राष्ट्रसेवक कर्मचारी लक्ष्मण पाण्डेको नयाँ लोक दोहोरी गीत‘हाँसेबोले आनन्द हुनी’सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो हालै पाण्डेको आफ्नै युट्युब च्यानल‘लक्ष्मण पाण्डे’बाट सार्वजनिक गरिएको हो । उक्त गीतको शब्द संगीत लक्ष्मण पाण्डेले आफैले गरेका छन् ।

गीतकार पाण्डेले भर्खरै बजारमा ल्याएका नयाँ लोकदोहोरी गीत ‘हाँसेबोले आनन्द हुनी’ बोलको गीतमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र शान्तीश्री परियारको स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोमा करिस्मा ढकाल, सन्तोष शर्मा र सगुन शर्माले अभिनय र नृत्य रहेको छ। गीतको एरेन्जर विनोद बाजुरालीले गरेका हुन् । ‘हाँसेबोले आनन्द हुने’बोलको गीतको म्युजिक भिडियोे निर्देशन विष्णु भट्टराईले गरेका उक्त गीत मालाश्री स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो ।

गीतकार पाण्डेले आफ्नै लगानीमा गीतहरू सार्वजनिक गर्ने गर्दछन् । गीतसंगीतलाई अन्त्यन्तै माया गर्ने पाण्डेले यो भन्दा पहिला एकान्तमा आसु खसाए,सुखी हुन्छ जिन्दगी लगायत एक दर्जन भन्दा बढी गीत सार्वजनिक गरिसकेका छन् ।

गीत संगीतमा अनवरत रुपमा अगाडी बढेका पाण्डे क्षणिक चर्चा र बजारको पछि नलाग्ने,बरू पछिसम्मका लागि सोचेर मौलीक पन बोकेका गीतसंगीत सिर्जनामै तल्लिन हुने बताउँछन्।उनले भने,‘केही समयको अन्तरालपछि बजारमा सार्वजनिक गरिएको ‘हाँसेबोले आनन्द हुनी’गीतले राम्रो चर्चा पाउँछ भन्ने विश्वास छ ।’

The post पाण्डेको नयाँ लोकदोहोरी गीत ‘हाँसेबोले आनन्द हुनी’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95489/