पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरलाई आर्यघाट लगियो, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौँ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरको दाहसंस्कारका लागि ज्ञानेश्वरस्थित सानो गौचरनबाट पशुपति आर्यघाटमा लगिएको छ । पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको थियो।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

Source : https://newsofnepal.com/2024/11/18/678719/