पेन्सिलभेनियामा पनि ट्रम्पको जीत, ट्रम्प अमेरिकाको १४७ औं राष्ट्रपति हुने निश्चित

ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनियामा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीत हासिल गरेका छन् । अब उनी अमेरिकाको १४७ औं राष्ट्रपति हुने निश्चित भएको छ । यस अगाडि १६ १६ इलेक्टोरल मत भएका नर्थ क्यारोलाइना र जर्जियामा जितेपछि यी दुवै राज्यमा १६/१६ इलेक्टोरल भोट छन्।

१९ इलेक्टोरल मत भएको पेन्सिलभेनियामा पनि जितेपछि ट्रम्पले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए । ट्रम्पले आफू विजयी भएको घोषणा गरेपनि ह्यारिसले पराजय स्वीकार्न भने अझै बाँकी रहेको छ । उनले बुधवार राष्ट्रलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

पेन्सिलभेनियाका १९ इलेक्टोरल मत सहित उनले जितेका र जित्ने निश्चित भएका राज्यको इलेक्टोरल मत संख्या जोड्दा ट्रम्पलाई अमेरिकी राष्ट्रपति हुनका लागि आवश्यक २७० इलेक्टोरल मत प्राप्त हुन्छ । अरु ४ ब्याटलग्राउण्ड राज्यहरु एरिजोना, मिसिगन, नेभाडा र विसकन्सिमा पनि ट्रम्पकै अग्रता रहेको छ । अहिलेकै ट्रेण्ड कायम रहेमा ट्रम्पले ३१२ इलेक्टोरल मत प्राप्त गर्नेछन् ।

(एपी फोटो/इभान भुक्की)

आफ्नो जीवनमा दुई प्रयासहरूले भरिएको ऐतिहासिक चुनाव चक्र पछि यो निर्वाचनले ट्रम्पलाई व्हाइट हाउसमा दोस्रो कार्यकाल प्रदान गर्नेछ । २०१६ मा राष्ट्रपति पदमा बिजयी भएका ट्रम्प २०२० मा जो बाइडेनसँग पराजित भएका थिए । डेमोक्र्याटिक प्राइमरीमा विजयी बाइडेनले उम्मेदबारी त्यागेपछि १०० दिनअघि चुनावी दौडमा प्रवेश गरेकी कमला ह्यारिसलाई ट्रम्पले पराजित गरेका हुन् ।

ट्रम्प लगातार निर्वाचित नभई दुई कार्यकाल अमेरिकी राष्ट्रपति हुने अमेरिकी इतिहासमा दोश्रो व्यक्ति हुनेछन् । सन् १८८४ र १८९२ मा निर्वाचित ग्रोभर क्लिभल्याण्डले पनि लगातार चुनाव नजितिकनै दुई कार्यकाल अमेरिकी राष्ट्रपति भएका थिए ।

 

Source : https://www.khasokhas.com/211333