पेमेन्ट गेटवे खरिद प्रकरणमा पौडेललाई ९ वर्ष कैद सजाय, २३ करोड जरिवाना

काठमाडौं । विशेष अदालतले नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार काण्डका दोषी सुनील पौडेललाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलका लागि न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरेको छ ।

उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

The post पेमेन्ट गेटवे खरिद प्रकरणमा पौडेललाई ९ वर्ष कैद सजाय, २३ करोड जरिवाना first appeared on Outline News Service.

Source : https://www.onsnews.com/paudel-6/?utm_source=rss&utm_medium=rss&utm_campaign=paudel-6