प्रहरीको लापरबाहीका कारण बस दुर्घटनामा आफन्तको ज्यान गएको भन्दै सुर्खेतमा प्रदर्शन

दैलेख – प्रहरीको लापरबाहीका कारण बस दुर्घटनामा आफन्तको ज्यान गएको भन्दै सुर्खेतमा प्रदर्शन भएको छ । सुर्खेत–दैलेख सडकखण्डको बीरेन्द्रनगर नगरपालिका–१४ रातानाग्लामा हिजो बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको थियो भने ३१ जना घाइते छन् । प्रहरीले जाँचमा लापरबाही गरेका कारण दुर्घटना भएको भन्दै मृतक र घाइतेका आफन्तहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले जाँचमा लापरवाही गर्ने प्रहरीलाई कारबाही गनुपर्ने, मृतकका आफन्तलाई उचित क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार गनुपर्ने लगायतक...

Source : https://ujyaaloonline.com/story/108649/2024/11/9/demonstration-surkhet-relative-died-bus-accident