प्राड विवक जर्नल २०८१ बिमोचन
काठमाडौँ।
प्राड विवक जर्नल २०८१ बिमोचन भएको छ। जंगी अड्डामा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रधान सेनापति प्रभुराम शर्माले प्राड विवाक जर्नल २०८० को संयुक्त रूपमा विमोचन गरेका हुन्।
सेना प्राड विवाक स्थापनाको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने सैनिक विशेष अदालतका पूर्व अध्यक्ष तथा उच्च अदालत, पाटनका पूर्व कायममुकायम मुख्य न्यायाधीश महेश प्रसाद पुडासैनी, सेना प्राड विवाकका पूर्व प्रमुखहरू प्राड उपरथी विए कुमार शर्मा (अ.प्रा.) र प्राड उपरथी होम कुमार लावती (अ.प्रा.) लाई प्रधान न्यायाधीशले सम्मान-पत्र प्रदान गरे भने प्रधान सेनापतिले दोसल्ला ओढाई सम्मान गरे ।
सेना प्राड विवाक, प्राड उपरथी रत्न प्रकाश थापाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरू, लोकसेवा आयोगका अध्यक्ष, महान्यायाधिवक्ता, उच्च अदालतका मुख्य न्यायाधीश तथा पूर्व मुख्य न्यायाधीश, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, कानुन सचिव, बलाध्यक्ष, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक लगायत नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।