बङ्गलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जित्यो

बङ्गलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । चेन्नईमा भएको पहिलो टेस्टमा भारतले बङ्गलादेशलाई २ सय ८० रनले हराएको हो । भारतले दिएको ५ सय १५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश आज चौथो दिनको खाना समयअघि नै २ सय ३४ रनमा अलआउट भयो । उसका नजमुल होसाइन शान्तोले सर्वाधिक ८२ रन बनाए । भारतका रविचन्द्रन आश्विनले ६ विकेट लिए । दुई खेलको टेस्ट र तीन खेलको टी–२० क्रिकेट खेल्न बङ्गलादेश भारतको भ्रमणमा रहेको छ । 

Source : https://ujyaaloonline.com/story/106903/2024/9/22/ndia-won-the-first-test-against-bangladesh-



Related Posts