बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने तयारी

काठमाण्डौ – नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने योजना बनेको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा पालिकाको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र स...

Source : https://ujyaaloonline.com/story/101420/2024/5/4/preparing-make-the-river-free-from-plastic-waste