बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । सो प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत पहाडी भूभागमा बादल लागेको छ ।

काठमाडौं उपत्यकासहित कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा पनि भइरहेको छ ।

The post बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना first appeared on Outline News Service.

Source : https://outlinekhabar.com/old/mausam-353/?utm_source=rss&utm_medium=rss&utm_campaign=mausam-353