बाग्लुङका पहिरो पीडितलाई दशैँको भन्दा गुमाएका आफन्तको चिन्ता
बाग्लुङ – दशैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर श्रृङ्गारेका छन् । परदेशिएका र शहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । दशैँको माहोलले गाउँघरमा रौनक छाएको छ । तर बाग्लुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका पहिरोपीडितलाई उक्त रौनकले छाएको छैन । पहिराले घरबार र आफन्तविहीन बनेका धेरैको आँखा अझै ओभाउन सकेका छैनन् । त्रिपालको छाप्रो र आफन्तकहाँ आश्रय लिएका परिवारलाई दशैँको भन्दा पहिरामा गुमाएका आफन्तको चिन्ताले पिरोलिरहेको छ । गएको साउन २२ गते आरुपाटामा आएको पहिराले स्था...
Source : https://ujyaaloonline.com/story/107576/2024/10/8/concerns-of-relatives-of-landslide-victims-