बाग्लुङमा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाग्लुङ – बाग्लुङमा प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बाग्लुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला बिकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ । हिजो बेलुका व्यथा लागेपछि स्थानीय स्थास्थ्य संस्थाको सल्लाहमा बिकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागे पनि आज बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाण्डौ...

Source : https://ujyaaloonline.com/story/106902/2024/9/22/rescue-of-pregnant-women-in-baglung-by-helicopter-