बाढी पहिराेले सडक–पुलकाे क्षेत्रमा २५ अर्ब क्षति, दशैँअघि बीपी राजमार्ग खुल्ने सम्भावना कम

काठमाण्डाै – बाढी पहिरोले सडक तथा पूलको क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको सरकारले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायीरूपमा गाडी चलाउनका लागि साढे २ देखि ३ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको छ । यस्तै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । बाढी पहिरोले ३४ वटा राजमार्गका ८ सय ५ ठाउँमा सडक अवरुद्ध भएकोमा ७ सय ७४ ठाउँको पहिरो हटाएर गाडी चलाउन थालिएक...

Source : https://ujyaaloonline.com/story/107403/2024/10/3/25-bn-damage-in-road-bridge-area-due-to-flood