बिदा लिएर निजीमा काम नगर्न सरकारी स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो त्यही उद्देश्यअनुसार सदुपयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई अध्ययन बिदा, असाधारण बिदा, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदाजस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थाम...

Source : https://ujyaaloonline.com/samachar/101528/2024/5/7/doctors-not-allow-to-go-private-institutions