बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर गर्न चाहनेका लागि मे २१ देखि अवशर

क्यानडाको अध्यागमन, शरणार्थी र नागरिकता आईआरसीसीले बुबाआमा र हजुरबुबाआमालाई क्यानडाको पीआर स्पोन्सर गर्न चाहनेहरुका लागि आवेदन खोल्ने भएको छ ।

पूर्वीय समय अनुशार मे २१ को दिउसो १२ बजेदेखि आवेदन दिन सकिने भएको छ । यो कार्यक्रम मार्फत क्यानडाको नागरिकता लिइसकेकाहरु र पीआर भएकाहरुले आफ्ना बुबाआमा वा हजुरबुबाआमालाई क्यानडाको पीआरका लागि स्पोन्सर गर्नसक्नेछन् ।

२०२४ का लागि २० हजार ५ सय आवेदनमात्र स्वीकार गरिने भएको छ । मे २१ देखि आईआरसीसीले दुईहप्तासम्म आवेदन दिनका लागि सरकारका तर्फबाट निम्ता गरिएको इमेल प्राप्त गर्न सक्नेछन् । दुईहप्तासम्म त्यस्ता इमेलहरु ३५ हजार ७ सय इच्छुकहरुलाई पठाइनेछ ।

person holding Canada passport

सन् २०२० मा स्पोन्सरका लागि इच्छा जाहेर गर्दै फर्म भरेका तर २०२१, २०२२ र २०२३ मा सरकारका तर्फबाट निम्ता गरिएको इमेल प्राप्त गर्न नसकेकाहरुको समुहबाट लोटरीमार्फत छानेर ३५ हजार ७ सयलाई इमेल पठाइनेछ ।

इमेल प्राप्त गरेकाहरुले पर्मानेन्ट रेसिडेन्ट पोर्टल वा रेप्रेजेन्टेटिभ पर्मानेन्ट रेसिडेन्ट पोर्टल मार्फत आवेदन दिनसक्नेछन् । आवेदनका लागि यो बर्ष सुचित नगरिएकाहरुले बुबाआमा वा हजुरबा हजुरआमालाई क्यानडा ल्याउन सुपर भिसा कार्यक्रम मार्फत आवेदन दिनसक्नेछन् ।

सुपर भिसा कार्यक्रम मार्फत क्यानडाको नागरिकता लिइसकेकाहरु र पीआर भएकाहरुले ५ बर्षका लागि बुबाआमा वा हजुरबा हजुरआमालाई क्यानडा बोलाउन सक्छन् । यो भिसा क्यानडामा नै भएको बखत २ बर्षका लागि थप्न सकिन्छ ।

 

Source : https://www.khasokhas.com/203766