बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाए

काठमाण्डाै – वाणिज्य बैंकहरूले मङ्सिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । कात्तिकमा २० वटा वाणिज्य बैंकको औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत रहेकोमा मङ्सिरमा शून्य दशमलव २० प्रतिशतले घटेर ५ दशमलव ९८ प्रतिशत कायम हुने भएको छ । यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका बैंकहरूले मङ्सिरका लागि पनि ब्याजदर घटाएका हुन् । बैंकमा पैसा थुप्रँदै गएपछि लागत घटाउन बैंकहरू निक्षेप सङ्कलन कम गर्न खोजिरहेका छन् । उद्योगी र व्यवसायीबाट कर्जाको माग नभएपछि बैंकहरूमा पैसा थुप्रिएर बसेको छ । बैंकमा अधिक तरलता भएपछि सस्तो ...

Source : https://ujyaaloonline.com/story/108877/2024/11/15/banks-cut-interest-rates-also-for-mangsir-month