बैतडीमा भिरबाट लडेर युवतीको मृत्यु

बैतडी । बैतडीकी एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामी रहेकी छन् ।

सिगास शिक्षा क्याम्पस गाजँरीमा स्नातकतह दोस्रो वर्षमा अध्ययनरत धामी घर पोत्ने माटो खन्न भिरमा गएको बुझिएको छ । उनि घर नजिकैको खल्लीगडान भन्ने भीरबाट लडेर उनको मृत्यु भएको परिवारजनले बताएको छ ।

सिगास गाउँपालिकामा यसअघि समेत दर्जनौँ व्यक्तिको भिरबाट लडेर ज्यान गएको छ । धेरैजसो महिलाहरुले घाँस दाउरा काट्ने क्रममा लडेर ज्यान गुमाएकाछन् ।

The post बैतडीमा भिरबाट लडेर युवतीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95296/