बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं ।

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३(० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बुकायो साका, लीन्द्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनल यस सिजनको लिग जितको दौडमा सबैभन्दा अगाडी रहेको छ ।

आर्सनलको ३६ खेलमा ८३ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक रहेको छ । त्यस्तै बोर्नमाउथको ३६ खेलमा ४८ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

Source : https://newsofnepal.com/2024/05/04/641968/