भदौमा २५ प्रतिशतले घट्यो घरजग्गा कारोबार, राजश्व संकलन पनि ७४ करोड ४८ लाख रुपैयाँले घट्यो

काठमाडौँ । भदौमा घरजग्गा कारोबार घटेको छ । चालु आर्थिक वर्षको भदौ महिनामा घरजग्गा कारोबार २५ प्रतिशतले घटेको हो ।

भदौमा देशभर कुल ३२ हजार ७ सय ९८ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको भदौमा ३५ हजार ६ सय ८६ लिखत पारित भएको थियो ।

यसअवधिमा घरजग्गाको कारोबारमा कमी आएता पनि यसबाट संकलन हुने राजश्वमा भने गत आर्थिक वर्षको भदौको तुलनामा झिनो सुधार देखिएको छ । चालु आर्थिक वर्षको भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व उठेको छ भने गत आर्थिक वर्षको भदौमा यो शीर्षकमा ३ अर्ब ४ करोड राजश्व उठेको थियो ।

यता, चालु आर्थिक वर्षको साउनको तुलनामा भने भदौमा राजश्व संकलन १९.४२ प्रतिशतले घटेको छ । एक महिनामै राजश्व संकलन ७४ करोड ४८ लाख रुपैयाँ घटेको हो ।

भदौमा रजिष्ट्रेशन दस्तुर बापत १ अर्ब ९७ करोड ६० लाख र पुँजीगत लाभकर मार्फत १ अर्ब १३ करोड १५ लाख रुपैयाँ राजश्व संकलन भएकोमा सेवा कर मार्फत २५ करोड ५५ लाख ९८ हजा रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/09/land-13.html