भिरबाट खसेको ढुङ्गा लागेर बालिकाको मृत्यु
मकवानपुर ।
यात्रुबाहक बसमा माथिबाट खसेको ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथको हेटौडा–भैंसे सडक खण्डको भुलभुलेमा माथिबाट खसेको ढुङ्गा लागेर बसमा रहेकी यात्रु मकवानपुरगढी गाउँपालिकापा–८ की १२ वर्षिया रिकु थिङको ज्यान गएको हो ।
त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख ३३१० नं। को यात्रु बोकेको लोकल बसमा अचानक माथि भिरबाट ढुङ्गा खसी बसकी यात्रु थिङ घाइते भएकी थिइन् ।
हेटौंडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका निम्ति चितवन लगिएको थियो । उपचारकै क्रममा थिङको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय हेटौंडाले जनाएको छ ।