मंगलबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा १०.७५% एसबीएल डेबेञ्चर २०८९ का लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।

Source : https://arthasarokar.com/2024/04/share-market-339.html



Related Posts