मंगलबार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १६ हजार ९ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १६ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३६ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/05/gold-202.html



Related Posts