मधेश र गण्डकीबीच पर्यटन सहकार्य

बर्दिबास । पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रिया’bout तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।

नवनियुक्त मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार रहेको जानकारी दिँदै विधेयक दर्तासँगै पर्यटन बोर्ड गठन गर्ने बताए । मधेश प्रदेशका ८ जिल्लामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक ठाउँलाई पर्यटकीय क्षेत्र विकास गर्ने योजना रहेको उनले बताए । उनले पोखरा आएको पर्यटक कसरी मधेश ल्याउने तथा मधेश घुम्न आउने पर्यटक पोखरा कसरी पठाउने भन्ने’bout प्याकेज घोषणा गर्नुपर्छ भने । गण्डकी–मधेशबीच हवाई सेवा संचालन निरन्तरताका लागि छुटको व्यवस्था गरेर भए पनि चाँडै नै अघि बढाउनुपर्नेमा उनको भनाइ थियो । पर्यटक भित्राउन सरकारले के गर्नुपर्छ, त्यस्तो नीति बनाउन तयार रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले साथ दिनुपर्ने बताए । जानकी मन्दिर र अयोध्या संस्कृति जोड्न चाँडै नै जनकपुर–अयोध्या रेल संचालनको प्रोजेक्ट घोषणा हुने उनको सुनाए ।

मधेशका गृह, संचार तथा कानुन मन्त्री शारदादेवी थापाले तालैतालको सहर पोखरा झैं मठमन्दिरको सहर जनकपुरलाई पनि चिनाउनुपर्ने उनको भनाइ थियो । श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले पर्यटन क्षेत्र विकासको मेरुदण्ड हो भनिन् । श्रमिकहरुलाई संगठित गरेर रोजगारी दिने क्षेत्र पर्यटन भएको र आयआर्जनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिइन् । टेवानको सक्रियताप्रति प्रशंसा गर्दै उनले कोही न कोहीले यस्तैखालको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

टेवान अध्यक्ष कमला गिरीले पर्यटन विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य आवश्यक रहेको बताइन् । विगतमा पनि पोखरा–सिमरा तथा पोखरा–जनकपुर उडान भएकोमा पुनः निरन्तरतामा जोड दिइन् । पर्यटनमैत्री नीति नियम बनाउनुपर्ने भन्दै उनले आन्तरिक पर्यटन प्रवद्र्धन गरी यहाँको पैसा बाहिर जान रोक्नुपर्ने बताइन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश संरक्षक विजय झुनझुनवलाले मधेशमा पनि पर्यटन बोर्ड स्थापनाको जोड दिए ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले मधेश प्रदेशका नाका खोल्नुपर्नेमा जोड दिए । बर्दिबासमा हतियार कारखानाको पुरातात्विक महत्व रहेको चर्चा गर्दै उनले पर्यटन क्षेत्रमा विनियोजित रकम खर्च गरेमात्रै धेरै काम हुन सक्ने विचार व्यक्त गरे । होटल संघ मधेश प्रदेश निकै सक्रिय रहेको उनको दाबी थियो ।

नाट्टा मधेश प्रदेश अध्यक्ष एवं नेपाल होटल तथा पर्यटन व्यवसायी मधेशका निवर्तमान महासचिव मोहन शर्मा लामिछानेले मधेश र गण्डकी प्रदेशबीच विगतमा झैं सहकार्यको आवश्यक रहेको बताए । उनले गढिमाई भ्रमण वर्ष घोषणा गर्नुपर्ने बताए ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी अध्यक्ष गुञ्जबहादुर कार्की (गोपाल) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी सदस्य विनोद भण्डारी र संचालन महासचिव नारायण घिमिरेले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, टेवान पदाधिकारी एवं सदस्य लगायतको उपस्थिति थियो ।

टेवान टोलीले विभिन्न आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तीनदिने कार्यक्रमअन्तर्गत त्यस क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । टोलीले शुक्रबार वीरगञ्ज उद्योग वाणिज्य संघसँग अन्तक्र्रिया गरेको थियो । पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको सचिव शोभा अधिकारी पौडेलले बताइन् । महोत्तरीको बर्दिबास सहर तीव्र विकास भएको सहर हो । शिक्षा तथा होटलको हव बर्दिबासमा होटल मात्रै डेढ सय वटा छन् ।

The post मधेश र गण्डकीबीच पर्यटन सहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95216/