मधेशमा दोधारमा माओवादी

नेकपा माओवादी केन्द्र मधेश प्रदेशको आन्तरिक विवादका कारण पार्टी दोधारमा पुगेको छ ।

माओवादी मधेश प्रदेश इन्चार्जसमेत रहेका केन्द्रीय सचिव लिलामणि पोखरेलले एक्लौटी ढंगले अघि बढ्न खोजेपछि मंगलबार बर्दिबासमा बसेको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका थिए । प्रदेश इन्चार्ज पोखरेलले आपूmखुसी अघि बढेको आरोप लगाउँदै एक केन्द्रीय सदस्य बैठक बहिष्कार गरेको बताए । ‘पार्टीमा गुटगत हावी गर्न खोजेको र सीमित व्यक्तिको खल्तीमा राख्न खोजेपछि बैठकमा सहभागी हुनुको समेत कुनै अर्थ छैन’, उनले भने ।

वितेको चैतमा भएको काठमाण्डुस्थित बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भएको माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको बैठक विना निष्कर्ष स्थगित भएको थियो । सो बैठक ठोस निष्कर्षमा नपुग्दै लामो समयदेखि स्थगित रहेको थियो । ‘मधेशको समस्या मधेशमै समाधान गर्ने नीति अख्तियार गरे पनि प्रदेश इन्चार्ज पोखरेल एक्लौटीरुपमा कार्यविभाजन गर्दै बैठक आह्वान गरेकाले बहुमत केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका छौँ’, माओवादीका केन्द्रीय सदस्य जगत यादवले भने ।

बर्दिबासमा बसेको प्रदेश बैठकमा करिब दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्य र वैकल्पिक सदस्यहरु सहभागी नै नभइ बहिष्कार गरेको उनले दाबी गरे । आगामी भदाँैमा हुने प्रदेश सम्मेलनको तयारीका लागि बसेको बैठक प्रदेश इन्चार्ज लिलामणि पोखरेलले बालुवाटारमा भएको बैठकपछिको निर्णयलाई बेवास्ता गर्दै मधेश प्रदेशमा समेत बैठक नै नबसाइ आफु अनुकुल केन्द्रीय सदस्यको कार्यविभाजन गरी अघि बढेपछि हामीले विरोधस्वरुप बैठक बहिष्कार गरेको नेता यादवले बताए ।

सो बैठकमा माओवादीका केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकार तथा आयोग सदस्यहरुको बैठक बहुमत सदस्यले बहिस्कार गरेको उनको भनाइ छ । प्रदेश इन्चार्ज पोखरेलले पहाडिया अहंकारवादको दम्भमा निरंकुशता लाद्न खोजेपछि आफुहरुले बैठक बहिस्कार गरेको नेता यादवले प्रस्ट्याए । ०८० चैत १८ मा काठमाण्डुस्थित बालुवाटारमा मधेश प्रदेशका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रिय सदस्य, सल्लाहाकार र आयोगका सदस्यहरुको बैठकमा प्रदेश इन्चार्ज पोखरेलले १५ वटा लिखित एजेण्डा रहेको देखाउँदै आगामी बैठक चैत २९ गते मधेश प्रदेशमा बस्ने गरी सुचना सम्प्रषणसमेत गरेका थिए ।

तर चैत २९ गतेको प्रदेश बैठक नहुने र सो बैठक वैशाख ३ गते बस्ने भन्दै पुनः अर्को सुचना जारी ग¥यो । तर बैठक बसेर छलफल गर्नु अघि नै चैत ३० गतेकै मितिमा प्रदेश इन्चार्ज पोखरेलले एकलौटी रुपमा कार्यविभाजन गरी बैठक डाकेकाले आफुहरु बैठक बहिष्कार गर्दै अनुपस्थित भएको नेता यादवले बताए । उनले बालुवाटारबाट सम्प्रेषण भएको बैठक एजेण्डाबाटै पुनः बैठक बस्नुपर्ने माग गरे । उनले भने, ‘हामीलाई दिएको एजेण्डामा बैठक नै नगरी, छलफलै नगरी इन्चार्जले गुट बनाउँदै आफ्नो मान्छेहरुलाई जिम्मेवारी दिनुभयो । जुन निरंकुशता हो । त्यसैले सो कार्यविभाजन गरिएको भन्दै आएको परिपत्र तत्काल फिर्ता हुनुपर्छ, नत्र हामी मान्दैँनौ, हामी बहुमत सदस्यहरु कार्यविभाजनको विरोधमा छौँ, त्यसैले बैठक बहिस्कार गरेका छौँ ।’ निर्णय सच्चयाइएन भने हामी आफ्नो ढंगबाट अघि बढ्ने चेतावनीसमेत उनले दिए । उनले इन्चार्जले गरेको निर्णय तत्काल फिर्ता नलिएमा मधेश प्रदेशको कुनैपनि जिल्लामा बैठक नै बस्न नदिने भन्दै कडा चेतावनी दिए ।

निवर्तमान उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले आफु सो बैठकमा नगएको बताइन् । उनले कार्यव्यस्तताको कारणले आफु बैठकमा नगएको बताइन् । इन्चार्जको कार्यशैलीको विरोध गर्दै तत्काल कार्यविभाजन सच्याउनु पर्ने भन्दै वैशाख १७ गते एक दर्जन केन्द्रीय सदस्य तथा वैकलल्पिक केन्द्रीय सदस्यहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन–पत्र समेत बुझाएका थिए ।

The post मधेशमा दोधारमा माओवादी appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/05/08/93003/