मन्त्रिपरिषद् बैठक जारी, दमननाथको अन्तिम संस्कारबारे निर्णय हुने

काठमाडौँ ।  मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सोमबार बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे आवश्यक निर्णय गर्ने बताइएको छ । 

Source : https://www.ratopati.com/story/458123/during-the-meeting-of-the-council-of-ministers-a-decision-will-be-taken-regarding-the-last-rites-of-damannath