माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न 'टीबीएम' प्रयोग गरिने

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न 'टनेल बोरिङ मेशिन' (टीबीएम) प्रयोग गर्ने तयारी गरेको छ । टीबीएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि त्यही प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको छ । अर्धजलाशययुक्त माथिल्लो अरुणको मुख्य सुरुङको लम्बाइ आठ दशमलव चार किलोमिटर छ । जलाशययुक्त दूधकोशीको सुरुङको लम्बाइ १३ किलो...

Source : https://ujyaaloonline.com/story/100944/2024/4/22/tbm-will-be-used-in-upper-arun-and-dudhkoshi