मालपोत कार्यालयमा आगलागी

सुर्खेत । 

सुर्खेत वीरेन्द्रनगर ९७, स्थित मालपोत कार्यालयमा आगलागी भएको छ। आगलागीमा जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे हाे ।

एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हाे । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Source : https://newsofnepal.com/2024/05/04/641974/