मित्रमिलन सहकारी ठगी : उपाध्यक्ष लम्साल पक्राउ

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।  उनलाई पोखरा २ अर्चलबोटबाट पक्राउ गरिएको हो । मित्रमिलन सहकारीको २८ करोड ठगी आरोपमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Source : https://www.ratopati.com/story/456041/mitramilan-sahakari-chug-vice-president-lamsal-pakrau