मिर्चैयामा आगलागी पीडितलाई नगद हस्तान्तरण

सिरहाको मिर्चैया नगरपालिकामा आगलागीबाट पीडित भएका परिवारजनलाई राहतस्वरुप नगद रुपैयाँ हस्तान्तरण गरिएको छ । जिल्लाको मिर्चैया–८ मा वैशाख २५ गते राती २ बजेको समयमा आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएपछि ३० जना व्यक्ति पीडित भएका छन् ।

आगलागी घटना भएपछि मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले दुःख व्यक्त गर्दै पीडित परिवारलाई सान्तवनासहित जिविकोपार्जनका लागि राहतस्वरुप रकम हस्तान्तरण गरेका छन् ।

मेयर यादवले मधेशमा गर्मीयाममा हावाहुरी चलेसंगै आगलागीका घटनाहरु ह्वातै बढ्नु चिन्ताजन रहेको बताए । उनले मधेशमा आगलागीका कारण आगलागीबाट पीडित भएका परिवारजनलाई विशेष प्याकेजसहित राहत वितरण गर्नका लागि मधेश प्रदेश सरकारसंग माग गरे ।
उनले मधेशमा कयौं घरमा आगो लाग्दा जनताहरु विचल्लीमा परेकोले यसै वर्षमा व्यवस्थापन गर्न मधेश सरकारसंग माग गरे ।

उनले आगलागीबाट आफु पनि बच्न र अरुलाई पनि बचाउँनका लागि घर–घरमा आगलागी हुन नदिनका लागि वडास्तरदेखि नै अभिमुखिकरण कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

मेयर यादवको पहलमा भएको कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारीले ६ घर परिवारलाई १५ हजार रुपैयाँ नगदस्वरुप राहत हस्तान्तरण गरेको थियो ।

मिर्चैया– ८ मा आगलागी हुँदा विमलेश कुमार राय, कमलेश कुमार राय, जगत सदा, कमलेश सदा, सिटुर सदा, कारी सदाको घरमा राति भिषण आगो लागेर पुर्ण रुपमा ६ जना परिवारको घर पूर्णरुपेण जलेर नष्ट भएको थियो ।

The post मिर्चैयामा आगलागी पीडितलाई नगद हस्तान्तरण appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/05/07/92981/