मुगुको रारा ताल आसपासको हावासमेत प्रदूषित

काठमाण्डौ – धेरैजसो समय स्वच्छ हावा बहने मुगुको राराताल आसपासको हावासमेत प्रदूषित भएको छ । अहिले काठमाण्डौको हावा र रारा ताल आसपासको हावाको गुणस्तर उस्तै–उस्तै रहेको वातावरण विभागले राखेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । देशका ठूला शहरमध्ये काठमाण्डौ विश्वकै प्रदूषित सहरका रुपमा रहेको छ भने रारा ताल आसपासको हावा काठमाण्डौकोभन्दा पनि प्रदुषित रहेको छ । वन डढेलो तथा हावा बहने क्रमका कारण अहिले काठमाण्डौ र जुम्ला तथा मुगुमा वायु प्रदूषण उस्तै देखिएको वायु गुणस्तरविज्ञ डाक्टर भूपेन्द्र दास बत...

Source : https://ujyaaloonline.com/story/101421/2024/5/4/the-air-around-mugu--raratal-is-also-polluted