यात्रुकाे चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपे

काठमाण्डाै – यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एअरले यात्रुको चाप बढेपछि उडान थपेको हो । श्री एअरलाइन्सले पनि आजदेखि काठमाण्डाै–भरतपुर–काठमाण्डाै रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । कम्पनीले शुरूमा चार्टर्ड र त्यसपछि नियमित उड...

Source : https://ujyaaloonline.com/story/107423/2024/10/4/airline-added-the-number-of-flights