युक्रेनले रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न अनुमति पाएपछि ठूलो युद्धको डर
अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न युक्रेनलाई अनुमति दिएपछि ठूलो युद्धको डर बढेको छ । अमेरिकाको यो निर्णयप्रति रुसमा चर्काे आक्रोश व्यक्त भएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने अझै मौन रहनुभएको बीबीसीले जनाएको छ । रुसले युक्रेनलाई रुसभित्र अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएर बाइडेनले आगोमा तेल थप्ने काम गरेको बताएको छ । यदि अमेरिकाले प्रदान गरेको क्षेप्यास्त्र रुसभित्र प्रहार भयो भने रुसले यो आक्रमणलाई युक्रेनबाट नभई अमेरिकाबाट नै भएको र...
Source : https://ujyaaloonline.com/story/108978/2024/11/18/kremlin-says-biden-throwing-oil-on-fire