युगाण्डामा गैरआवासीय नेपाली संघको रक्तदान

कम्पाला, युगाण्डा । ‘रक्तदान–जीवनदान’ मुल नारा सहित गैरआवासीय नेपाली संघ, युगाण्डाको आयोजनामा ब्लड बैंक युगाण्डाको सहकार्यमा आइतबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालीसहित भारतीय, पाकिस्तानी र स्थानीय अफ्रिकनहरुले रक्तदान गरेका थिए ।

रक्तदानबाट संकलित १०९ युनिट रगत सोही दिन रक्तसञ्चार केन्द्र युगाण्डालाई हस्तान्तरण गरिएको गैर आवासीय नेपाली संघ युगाण्डाकी अध्यक्ष रमा अर्यालले जानकारी दिइन् । विश्व स्वास्थ्य संगठनका अनुसार युगाण्डालाई वर्षेनी ३ लाख ४० हजार युनिट रगत आवश्यक हुन्छ, जसमध्ये दुई लाख युनिट मात्र संकलन हुँदै आएको छ ।

रगत अभावले धेरै युगाण्डावासीहरुको अकालमा नै मृत्यु हुने गरेको पाईएकोले रगत अभाव हुन नदिन गैर–आवासीय नेपाली संघले रक्तदान कार्यक्रम नियमित आयोजना गरिरहेको निवर्तमान अध्यक्ष बिनोद थापाले जानकारी दिए ।

गैर–आवासीय नेपाली संघ, युगाण्डा–अफ्रिकाकी उपाध्यक्ष तारा गिरीले नेपालीहरुको युगाण्डामा न्यून उपस्थितिका बावजुद अत्यन्तै सह्रानीय काम गरिरहेको भन्दै युगाण्डावासी तथा अन्य मुलुकका संस्थाहरुले नेपालीलाई धन्यवाद दिने गरेको बताइन् ।

गैर आवासिय नेपाली संघ युगाण्डाले आयोजना गरेको सो कार्यक्रमलाई नरेन शर्मा, वीणा थापा, मालती राना, मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साईन कुजिन रेष्टुरेन्ट, हिमालयन रेस्टुरेन्ट, नेपालय रेष्टुरेन्ट, फुड प्लानेट, युगाण्डाका लागि नेपाली वाणिज्यदुत, एस.आर. सेलुन लगायतले प्रायोजन गरेका थिए ।

रक्तदान कार्यक्रममा गैर–आवासीय नेपाली संघ, युगाण्डा–अफ्रिकाका पदाधिकारी वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठ, उपाध्यक्ष तारा गिरि, महासचिव राजु थापा, कोषाध्यक्ष मालती राना, युवा संयोजक मुकेश मेहत लगायत संरक्षक रमेश कँडेल, भुतपुर्व वरिष्ठ उपाध्यक्ष धनराज गिरि, भुतपुर्व सह–कोषाध्यक्ष कल्पना अर्याललगायत ब्लड बैंक युगाण्डा लगायतका सदस्यहरुको उत्साहजनक भूमिका रहेको थियो ।

कार्यक्रममा युगाण्डामा रहेका अत्यधिक नेपालीहरुको उपस्थित रहेको थियो भने स्वेच्छिक स्वयंसेवकमा हस्तबहादुर थापा,अनिश शाही, नारायण बोहोरा, वीणा थापा, रविन्द्र थापा, राजेश कडेल, गोकर्ण श्रेष्ठ लगायतको उल्लेख्य भुमिका रहेको थियो ।

The post युगाण्डामा गैरआवासीय नेपाली संघको रक्तदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95312/