रवि जबलेस भएर हिँडिरहेका बेला मैले नै पैसा उठाएर प्रोग्राम मिलाइदिएँ : ओली
समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानको प्रक्रिया संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेपछि मात्र अघि बढेको बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभ २०२४ को अन्तिम सत्रमा, प्रधानसम्पादक उमेश चौहानले सञ्चालन गरेको ‘प्रधानमन्त्रीसँग परिसंवाद’ कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि प्रारम्भिक चरणमा सहकारी ठगीको कुनै शंका नभएको कुरा पनि व्यक्त गरे।
‘उनले सहकारीमा यत्रो गरेका छन् भन्ने विश्वास त के, आशंका पनि थिएन । वाशिङ मेशिसनमा तीनपटक धोएको जस्तो कुरा गर्थे,’ ओलीले भने,’तर सहकारी छानबिन समितिले त चार जनालाई तोकेर नै छानबिन गर भन्यो ।’ ‘संसदीय समितिले कारवाही गर्न नाम तोकेर सिफारिस गर्यो । प्रतिवेदन सरकारकालाई दियो । त्यसपछि गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयले पायो । त्यसपछि व्यूरोक्रेसीमा गयो । छानबिन अध्ययन सुरू भएपछि गिरफ्तार र कारवाही गर्नुपर्ने अवस्था सम्मानित अदालतले दियो,’ प्रधानमन्त्री ओलीले भने ।
ओलीले रवि जबलेस भएको बेला आफूले आठ-दस लाख रकम जुटाएर उनलाई जीविकोपार्जनका लागि टेलिभिजनमा प्रोग्राम मिलाइदिएको पनि बताए।
The post रवि जबलेस भएर हिँडिरहेका बेला मैले नै पैसा उठाएर प्रोग्राम मिलाइदिएँ : ओली appeared first on Samudrapari.