रवि लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतको पनि अनुमति

काठमाण्डौ – पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले पनि अनुमति दिएको छ । यसअघि सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि जिल्ला अदालत कास्कीको अनुमतिपछि पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पनि त्यही कसुरमा पक्राउको अनुमति दिएको थियो । जिल्ला अदालत काठमाण्डौले पनि सहकारी बचत रकम हिनामिना अनुसन्धानकै लागि पक्राउ गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौको निवेदनमा अदालतले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी ...

Source : https://ujyaaloonline.com/story/108954/2024/11/18/ktm-court-also-grants-permission-to-arrest-rabi-