राष्ट्रपति पौडेलले दिए विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई शुभकामना

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।वेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

नेपाली क्रिकेट टोली शनिबार राति त्यसतर्फ प्रस्थान गर्दैछ । टी–२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।

 

The post राष्ट्रपति पौडेलले दिए विश्वकप खेल्ने क्रिकेट खेलाडीलाई शुभकामना appeared first on Samudrapari.com.

Source : https://samudrapari.com/2024/05/478080/