रास्वपालाई प्रश्न-सहकारी प्रकरणमा जोडिएका सबै दोषी, के रवि मात्र निर्दोष हुन्?
काठमाडौं। सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेको एक महिना बितिसकेको छ। कात्तिक २ गते जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो। गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ। सोही अभियोगमा पक्राउ परेका लामिछानेसँग […]