रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कुटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटमा प्रधानमन्त्रीले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभयो । ‘तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ’, उहाँले भन्नुभयो, ‘सरकारले लगातार कुटनीतिक पहल गरिरहेको छ...

Source : https://ujyaaloonline.com/story/101524/2024/5/7/diplomatic-initiatives-to-bring-back-the-nepalese