रुस–युक्रेन युद्ध झनै खराब अवस्थामा, रुसले आणविक हतियार प्रयोग गर्ने चिन्ता बढ्यो

रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण थालेको एक हजार दिन पूरा भएको छ । एक हजार दिन लगातार चलेको युद्ध समाधानभन्दा झनै बढ्ने सङ्केतहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आक्रमण शुरू गरेको हजार दिन पुगेकै दिन हिजो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्नुभएको छ । रुसको नयाँ नीति युक्रेन युद्धमा आणविक हतियारको प्रयोग गर्ने तयारीका रूपमा रहेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकामा बनेका लामो दूरीका क्षेप्यास्त्र ...

Source : https://ujyaaloonline.com/story/109063/2024/11/20/russia-ukraine-war-is-in-an-even-worse-state