लक्ष्मणको चलचित्र सतीदेवी साउनमा

काठमाडौं । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ यो वर्ष विभिन्न राष्ट्रिय प्रतियोगितामा आधा दर्जन अवार्ड जितिसकेको छ । यही चलचित्र अब ४ साउनबाट देशब्यापी चलचित्र घरमा प्रदर्शनमा आउने भएको छ ।

काठमाडौं र लमजुङ, तनहुँ कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा,सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो। सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो।

नारीको संघर्षकथा समेटिएको यो मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी,दिलासा र सारा सुवेदी छन् ।

आफ्नो चलचित्रमा बाबु र छोरीहरु बीचको स्नेह, विवाह सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपणको कथा समेटिएको यस चलचित्रका लेखक तथा निर्देशक सुवेदीले बताए। चलचित्रमा नारीको कथालाई निकै गम्भीरताको साथ प्रस्तुत गरिएको पनि उनले बताए । सतिदेवीको बाबु श्रेष्ठले छायांकन गरेका छन् । जसमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । चलचित्र वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

The post लक्ष्मणको चलचित्र सतीदेवी साउनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95622/