लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते
काठमाडौं ।
लमजुङमा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा २२ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, घाइतेहरूमध्ये बेसीसहर-७ का ४० वर्षीय राजु रिमाल, बेसीसहर-६ का ४० वर्षीया विमला अधिकारी, ३६ वर्षीय केशव विक, ५ वर्षीय असीम विक, १९ वर्षीया सुमना सेन्चुरी, ४५ वर्षीय राधा रिमाल र ४७ वर्षीया विमला कार्कीको अवस्था मध्यम खालको छ।
बेसीसहर-३, गाउँसहरका ३० वर्षीया सृजना भुजेल, ८ वर्षीय विवश भुजेल, २१ वर्षीय विकास भुजेल, बेसीसहर-६ का २९ वर्षीया सुविसा थापा, २४ वर्षीय राजेस बस्याल, २४ वर्षीया निशा भण्डारी, ३ वर्षीय रियान बस्याल, ३५ वर्षीय भवीश्वर भण्डारी, १६ वर्षका कृतन भण्डारी, १९ वर्षीया सुस्मा रिमाल, ४१ वर्षीय राजेन्द्र रिमाल, १३ वर्षीया सोनिया सेन्चुरी र ४५ वर्षीया राधा रिमालको अवस्था सामान्य छ।
टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।