वर्षासँगै गर्मी घट्यो, डढेलो निभ्दा वायु गुणस्तरमा सुधार

काठमाण्डाै – पानी परेसँगै देशका धेरैजसो ठाउँको डढेलो निभेको छ । चार दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहने गरेकोमा अहिले देशभरको २३ ठाउँमा मात्रै डढेलो बाँकी रहेको वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीमा उल्लेख छ ।अहिले ओखलढुङ्गा, रोल्पा, सुर्खेतलगायतका १३ वटा जिल्लामा डढेलो देखिएको छ । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वातावरण विभागअन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरूले वायु गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा तल झरेको देखाएका ...

Source : https://ujyaaloonline.com/samachar/101529/2024/5/7/the-heat-subsided-with-clouds-and-rain