विपद्पश्चात् संक्रमणजन्य रोग फैलिएको सूचना आएको छैन: स्वास्थ्य मन्त्रालय
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको बताए। उनले भने, ‘हामीले पखालालगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई संक्रमण भएको देखिए जानकारी गराउन भनेका छौँ। हालसम्म त्यस्तो खबर आएको […]